सेयर बजारमा दोहोरो अंकको कमब्याक, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार कमब्याक भएको छ । पछिल्ला ५ दिनमा करिब ३५ अंकले घटेको बजार आज दोहोरो अंकले बढेको छ ।

 

सूचमा सुधार आए पनि दशैं लागेसँगै बजारमा लगानीकर्ताको उपस्थिति पनि घट्न थालेको छ । जसको प्रभाव कारोबार रकम ह्वात्तै घटेको छ । यसअघि दैनिक औसतमा डेढ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १ अर्ब मुनि सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९९.५२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक १.६९ अंकले घटेको छ ।

 

कारोबारका आधारमा आज अपी पावर कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल अरुण काबेली हाइड्रोपावर र एनसीसी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज लगानीकर्ता फेरि हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर सेयर मूल्य बढेको छ ।

 

आज ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज जनरल इन्स्योरेन्स, युनियन, घलेम्दी र अपी पावरको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज गणपति माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै १.९१प्रतिशतले गुमाएका छन् ।

दशैंको अवसरमा टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम Read Previous

दशैंको अवसरमा टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

मध्यपहाडी राजमार्गको काम सुस्त, ३ महिनामा जम्मा २.५ किलोमिटर कालोपत्र Read Next

मध्यपहाडी राजमार्गको काम सुस्त, ३ महिनामा जम्मा २.५ किलोमिटर कालोपत्र