नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर १९७५ मै किन्ने अवसर, कहाँबाट दिने आवेदन

काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमार्फत विक्री खुल्ला भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक सेयर आजदेखि लिलामी मार्फत विक्री गर्न लागेको हो ।

 

कम्पनीले बोलकबोलबाट न्यूनतम प्रतिकित्ता मूल्य १९७५ रुपैयाँमा उक्त सेयर लिलामीमा विक्री गर्न लागेको हो । न्यूनतम १०० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।कोषको लिलामी सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।

 

कम्पनीले विक्रीमा ल्याएको यो सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधरणले पाउने छैनन् ।

 

नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ।

 

बिहीबार नेप्सेमा लगानीकोषको सेयर प्रतिकित्ता ३४६५ रुपैयाँ कारोबार भएको थियो ।

अग्रपंक्तिमा खटिनेको सम्मानमा युनाइटेड सिमेन्ट्सद्वारा भिडियो सार्वजनिक Read Previous

अग्रपंक्तिमा खटिनेको सम्मानमा युनाइटेड सिमेन्ट्सद्वारा भिडियो सार्वजनिक

चिया निकासी १४७ प्रतिशतले वृद्धि, अलैँची भने घट्दो Read Next

चिया निकासी १४७ प्रतिशतले वृद्धि, अलैँची भने घट्दो