शिवम् सिमेन्टले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले नगद लाभांश बापत १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ  नगद बाँड्ने भएको छ ।

 

कम्पनीले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै धेरै हो भने अघिल्लो आर्थिक वर्षको भन्दा ८.४२ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवमा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

 

कम्पनीले प्रस्ताव गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

टेलिकमले ल्यायो चाडवाड लक्षित प्याकेज, कुन अफरमा कस्तो सुविधा Read Next

टेलिकमले ल्यायो चाडवाड लक्षित प्याकेज, कुन अफरमा कस्तो सुविधा