जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार

काठमाडौं । जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

 

कम्पनीले सोमबार सर्वसाधरणतर्फको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख गरी कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै जनरलको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०१.७६ रुपैयाँ देखि ३०५.२८ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले ११ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा कुल ७ लाख ९४ हजार ५४६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर पाएका थिए भने ५ लाख २१ हजार ५४६ जनाको हात खालि भएको थियो ।

 

हाल ७० करोड कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख नाफा कमाएको थियो ।

 

६ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु Read Previous

६ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

बिक्नै छाड्यो कुखुराको मासु, किसान प्रतिकिलो ९५ रुपैयाँ घाटा खाएर बेच्न बाध्य Read Next

बिक्नै छाड्यो कुखुराको मासु, किसान प्रतिकिलो ९५ रुपैयाँ घाटा खाएर बेच्न बाध्य