कोरोनाका बाबजूद बेलायतको जीडीपी लगातार चौथो महिना पनि बढ्यो

बेलायतको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ ।

 

घरेलु उत्पादन सूचकाङ्कमा वृद्धि देखिएको भए पनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

तथ्याङक अनुसार बेलायतको कुल गार्हस्थ उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ । देशमा लकडाउनका उपायहरूलाई थप सहज बनाउँदै जाँदा कुल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको हो ।

 

‘जीडीपीमा निराशाजनक २.१ प्रतिशत वृद्धि (यो महिनाका लागि पूर्वानुमान गरिएको ४.६ प्रतिशत) भन्दा कम भएका कारण आर्थिक क्रियाकलापमा प्रारम्भिक वृद्धिको अनुमानभन्दा बाहिर गइरहेको छ भन्ने प्रमाण थप गर्दछ,’लन्डनस्थित आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री रुथ ग्रेगरीले भने ।

 

लगातार वृद्धि भए पनि, अगस्टमा उत्पादनको स्तर फेब्रुअरी २०२० मा देखिएको स्तरको तुलना अर्थात् कोरोनाभाइरस महामारीको पूर्ण प्रभाव अघिभन्दा ९.२ प्रतिशत कम रहेको उक्त कार्यालयले जनाएको छ ।

 

फेब्रुअरीको कूल गार्हस्थ उत्पादनकोे तुलनामा अगस्टमा ।सेवाहरू, उत्पादन र निर्माण सबै क्षेत्रहरूमा व्यापक रूपमा गिरावट देखिएको छ । । बेलायतमा महामारीपूर्वको तुलनामा सेवा, उत्पादन र निर्माणमा क्रमशः ९.६ प्रतिशत, ८.५ प्रतिशत र १०.८ प्रतिशतको गिरावट देखिएको छ ।

 

आउँदो महिनाहरूमा आर्थिक सम्भावनाको पूर्वानुमान गर्दै विश्लेषकहरू यसलाई बेलायतले सामना गर्नुपर्ने चुनौतीपूर्ण समस्या बताएका छन् । उनीहरूले महामारीको पुनः आगमनबीचमा अरु प्रतिबन्धहरू लाग्ने अनुमान गर्दै यसका कारण आर्थिक गतिविधि प्रभावित बन्ने बताएका छन् । एजेन्सी

६ महिनादेखि बन्द कालीगण्डकी करिडोरको काम पुनः शुरू Read Previous

६ महिनादेखि बन्द कालीगण्डकी करिडोरको काम पुनः शुरू

माछा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यमा कोरोनाले गम्भीर धक्का, लक्ष्यमा पुग्न कठिन Read Next

माछा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यमा कोरोनाले गम्भीर धक्का, लक्ष्यमा पुग्न कठिन