आफूलाई गाह्रो परेको समयमा सहयोग गरेका शिक्षकलाइ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले १ लाख कित्ता सेयर गुरू दक्षिणा दिएका छन् ।
भारतको आइडीएफसी बैंकका पहिलो एमडी र प्रमुख कार्यकारी अधिकृत रहेका भी विद्यानथनले आफ्ना पुराना हिसाब शिक्षकलाइ १ लाख कित्ता सेयर गुरू दक्षिणा चढाएका हुन् । हालको मूल्य अनुसार उक्त सेयरको मूल्य ३० लाख भारु हाराहारी हुन आउँछ ।
अन्तर्वार्तामा जान लाग्दा उनीसँग पैसा नहुँदा धेरै वर्ष अगाडि उनलाई ती शिक्षकले सहयोग गरेका थिए ।
अहिले यो गुरू दक्षिणा भारतमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विद्यानथनले चेन्नाइको बिरला इन्सटिच्युट अफ टेक्नोलोजीबाट इन्जिनीयरिङ पास गरेपछि कामको लागि अन्तर्वार्तामा जाँन लाग्दा पैसा नभएको समयमा शिक्षकले ५०० भारु सहयोग गरेका थिए ।
इन्जिनीयरिङ डिग्री गरेपछि विद्यानथले व्यवसायीक रूपमा राम्रो प्रगति गरे । त्यसपछि उनले धेरै वर्षदेखि ती शिक्षकको खोजी गरिरहेका थिए ।
यो महिनाको शुरूवातमा बैंकले १ लाख कित्ता सेयर ‘ट्रान्सफर’ बारे स्टक एक्सचेन्जलाई जानकारी गराएको थियो ।
स्टक एक्सचेन्जले जारी गरेको सूचना बाहिर आएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले यसलाई ‘सुन्दर कथा’को संज्ञा दिएका छन् ।
