नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नतिरे १० प्रतिशत जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

 

नेप्सेले एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नवीकरण शुल्क बुझाउन कम्पनीहरुलाई समयसीमा तोकेको हो ।

 

कानूनी व्यवस्था अनुसार नेप्सेमा सूचीकृत भएका कम्पनीहरुले वार्षिक सूचीकरण नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाइसक्नु पर्नेहुन्छ । तोकिएको समयसीमा भित्र नवीकरण शुल्क नबुझाउने कम्पनीले १० प्रतिशत जरिवाना तिर्नुपर्ने नेप्सेले जनाएको छ ।

 

धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ ।

 

यस्तै डिबेन्चर र सामूहिक लगानी कोषको हकमा ५० करोड रुपैयाँसम्म चुक्तापूँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्ता पूँजी हुनेले ५० हजार नवीकरण शुल्क बुझाउनुपर्नेछ ।

 

नेप्सेले सूचीकृत कम्पनीलाई संस्थाको नाममा ग्लोबल आइएमईको बैंकमा रहेको खाता नं. ७५०१०१००००७७५ मा नवीकरण शुल्क जम्मा गरिदिन भनेको छ ।

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने Read Previous

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

दूधकोशी नदीमा ७० मेगावाट विद्युत् उत्पादन गर्न अनुमति Read Next

दूधकोशी नदीमा ७० मेगावाट विद्युत् उत्पादन गर्न अनुमति