अपिले बनाउने माथिल्लो चमेलियाको लगानी जुट्यो, हिमालयन बैंकको नेतृत्वमा ६ संस्थाले लगानी गर्ने

काठमाडौं । अपि पावर कम्पनीले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।

 

आयोजनामा हिमालयन बैंकको नेतृत्वमा ७ बैंक तथा संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा हिमालयनको नेतृत्वमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्शियल बैंकले ५ अर्ब १८ करोड रुपैयाँ (कुल लागतको ७० प्रतिशत) ऋण लगानी गर्ने भएका हुन् ।

 

आयोजनाको ऋण लगानी सम्बन्धी आइतबार हिमालयन बैंक र अपी पावर कम्पनी बीच सम्झौता भएको छ ।

 

आयोजनाको सम्पन्न गर्दा कुल ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ७० प्रतिशत बैंकहरुले र बाँकी ३० प्रतिशत अपि पावरले स्वपूँजी मार्फत जुटाउने छ । जसका लागि अपिले २ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने तयारी गरिरहेको छ ।

 

माथिल्लो चमेलिया अपिले निर्माण गर्न लागेको तेस्रो आयोजना हो । अपिले पहिलो आयोजनाको रुपमा ८.५ मेगावाटको नौगडगाढ जलविद्युत् र दोस्रो आयोजना ८ मेगावाटको अपर नौगडगाढ जलविद्युत् आयोजना सम्पन्न गरीसकेको छ ।

 

सुदूर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत् गृह निर्माण गरी ४० मेगावाट विद्युत् उत्पादन गर्नेछ । सो विद्युत् १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाइनमार्फत विद्युत् प्राधिकरणको वलाँच सबस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

 

यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत् विक्री्रबाट पहिलो वर्ष १६२ करोड आय आर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ ।

 

अपि पावर कम्पनी २०६० असार ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७० साउन ६ गते पब्लिक लिमिटेड परिणत भएको थियो । कम्पनीले जलविद्युत् सम्बन्धी व्यवसायमा लगानी गर्दै आएको छ । गरिरहेको कम्पनी हो । कम्पनीको हाल अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब र चुक्तापूँजी १ अर्ब करोड रहेको छ ।

 

 

 

व्यवसायलाई चलायमान बनाउन सौरहाका व्यावसायीले गरे ३० प्रतिशत छुटको घोषणा Read Previous

व्यवसायलाई चलायमान बनाउन सौरहाका व्यावसायीले गरे ३० प्रतिशत छुटको घोषणा

अर्थतन्त्र भित्रभित्रै खोक्रो भइरहेको आशंका, राष्ट्र बैंकको तथ्यांकले भने अर्थविद्लाई नै आश्चर्यमा पार्‍यो Read Next

अर्थतन्त्र भित्रभित्रै खोक्रो भइरहेको आशंका, राष्ट्र बैंकको तथ्यांकले भने अर्थविद्लाई नै आश्चर्यमा पार्‍यो