सोल्टी होटलको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब १३ करोडको कारोबार

काठमाडौं । पछिल्लो समय उकालो लागेको सेयर बजारले आफ्नो यात्रा जारी राखेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्त्यमा सामान्य अंकले बढेर बन्द भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४.२९अंकले बढेर १५६५.५६ बिन्दुमा पुगेको छ । यसदिन १९१ कम्पनीको ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६० रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज होटल समूहको परिसूचक सबैभन्दा धेरै ५१.७१ अंकले बढेको छ भने जीवन समूहको परिसूचक ८३.५९ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा सोल्टी होटलको सेयर परेको छ । यसको सबैभन्दा धेरै ४८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा हिमाल दोलखा हाइड्रोपावर र कुमारी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् । बेस्ट फाइनान्स, नेपाल फाइनान्स, माउन्टेन, रैराङ, घलेम्दी, वरुण र आँखुखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज सेयर बजारमा सर्वाधिक महँगो युनिलिभरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यसका लगानीकर्ताले ७.११ प्रतिशत गुमाएका छन् ।

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन Read Previous

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन

व्यवसायलाई चलायमान बनाउन सौरहाका व्यावसायीले गरे ३० प्रतिशत छुटको घोषणा Read Next

व्यवसायलाई चलायमान बनाउन सौरहाका व्यावसायीले गरे ३० प्रतिशत छुटको घोषणा