काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आजदेखि विक्री खुला भएको छ ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गरेको हो ।
निष्काशित ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता (४ प्रतिशत) संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।
कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन गर्न सक्नेछन ।
कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था औसत रहेको जनाउँदछ ।
हाल ७० करोड कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख नाफा कमाएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ रहेको छ ।
कति कित्ताका लागि आवेदन दिनु उपयुक्त
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई २७ लाख ३० हजार कित्ता छुट्याएको छ । सो अनुसार रिलायन्सको आइपीओ समानुपातिक रुपमा बाँड्दा २ लाख ७३ हजार आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, २ लाख ७० जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।
हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा अधिकतम १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।