ऊर्जा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दो, नयाँ कम्पनी दर्ता सुस्त

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ शुरू भए यता ऊर्जातर्फ लगानी घट्न थालेको छ । चालू आवको भदौमा २ वटा मात्र नयाँ उद्योग ऊर्जातर्फ दर्ता भएका छन् । गत आवको सो महिनामा ३ नयाँ उद्योग दर्ता भएका थिए ।

 

चालू आवको भदौमा सौर्य ऊर्जा उत्पादनका लागि पोजेटिभ इनर्जी र जलविद्युत् उत्पादनका लागि सुपर बागमती हाइड्रोपावर (४१ मेगावाट) कम्पनी दर्ता भएक छन् ।

 

सुपर बागमती हाइड्रोपावरः भदौ ४ गते उद्योग विभागमा सुपर बागमती हाइड्रोपावर सञ्चालनका लागि दर्ता गरिएको छ । मकवानपुरको बागमती गाउपालिकामा सञ्चालन गर्ने गरी दर्ता गरिएको उक्त हाइड्रोपावर आन्तरिक लगानीमा बन्न लागेको हो । ५ अर्ब ४७ करोड रुपैयाँ लगानीमा बन्ने भएको हो । यसले ४१.८६ मेगावाट विद्युत उत्पादन गर्ने छ ।

 

पोजेटिभ इनर्जीः पोजेटिभ इनर्जी कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ मा बनाउने गरी दर्ता भएको छ । सो इनर्जी ९४ करोड रुपैयाँ लगानी बनाउने तयारी भएको हो । पोजेटिभ इनर्जीबाट सोलार इनर्जी उत्पादन गरिने छ । पोजेटिभ इनर्जी सञ्चालनले १० जनालाई रोजगार दिलाउने छ । यसका लागि भदौ १ गते कम्पनी दर्ता गरिएको थियो । यसले १० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने छ ।

 

यस अघि साउन महिनामा २६ नयाँ उद्योग दर्ता भएका थिए । सोमध्य ऊर्जातर्फ ५ नयाँ उद्योग दर्ता भएका थिए । उक्त उद्योगहरू सञ्चालनका लागि ३० अर्ब लगानी गरिने भएको थियो ।

 

यसरी हेर्दा ऊर्जा तर्फ स्वतः लगानी घट्दै गएको छ । ऊर्जामा लगानी घट्नुका कारण निषेधाज्ञा जारी हुनु रहेको उद्योग विभागका सूचना अधिकारी विनोद खड्का बताउछन् । उनले भदौमा निषेधाज्ञा कायम रहेकाले कार्यालय समेत बन्द हुँदा उद्योग दर्ताको संखया कम भएको बताए । ‘निषेधाज्ञाले उद्योग बन्द थियो, केही समय खुल्यो खुलेको बेला उद्योग दर्ता गराउन आउने थोरै भए,’ खड्काले भने ।

 

यस्तै स्वतन्त्रण ऊर्जा उत्पादक संघका अध्यक्ष आशिस गर्गका अनुसार पछिल्लो समय कोभिडका कारण ऊर्जा लाइसेनस लिन खोज्नेको संखया धेरै भए पनि कोभिडका कारण कमैले उद्योग दर्ता गराएको छन् ।

हाइड्रोपावरमा दर्ता नभएसम्म जेनेरेसन लाइसेनस लिन नपाइने व्यवस्था छ । कुनै उद्योग दर्ता गर्नु अघि सर्भे लाइसन्स लिनु पर्छ । त्यसपछि मात्र उद्योग दर्ता गरी जेनेरेसन लाइसेनस लिइने गरेको छ ।

 

उनले अझै ५ सय मेगावाटका ऊर्जा आयोजनाहरू कोभिडका कारण दर्ता हुन नपाउँदा उनीहरूले लाइसेनस लिन नसकेकाले ऊर्जा तर्फ कम लगानी देखिएको बताए । ‘ऊर्जामा लगानी कम भएको हैन लाइसेन्स लिनु अघि उद्योगमा दर्ता गर्नु पर्छ, कोभिड १९ ले गर्दा विभाग बन्द थियो त्यसैले कम भएको हो,’ गर्गले चाणक्य पोष्टसँग भने । उनले कोभिडका कारण ऊर्जा उत्पादनमा जान चाहानेहरू हाइड्रोपावर उद्योग कम भएको बताए ।

 

चालू आर्थिक वर्षको भदौ महिनामा ७ वटा नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तर्फ ३ नयाँ उद्योग दर्ता भएको छ । ऊर्जा तर्फ २ नयाँ उद्योग दर्ता भएको छ । उत्पादन तथा कृषि तर्फ १/१ वटा उद्योग दर्ता भएका छन् ।

 

सो उद्योगहरू कुल ८ अर्ब ९७ करोड रुपैयाँ बराबर लगानीमा सञ्चालनमा आउने तयारी भएको हो । उक्त उद्योगहरूले सञ्चालनपछि ८ सय ४६ लाई रोजगार दिन सक्ने छन् । पर्यटनतर्फ ९६ करोड रुपैयाँ लगानीमा ३ नयाँ उद्योग दर्ता भएका हुन् । सो उद्योगले १५० लाई रोजगार दिने अनुमान गरिएको छ । ऊर्जातर्फ २ नयाँ उद्योग ६ अर्ब ८२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारी भएको हो ।

अब नेपालमा व्यावसायिक रबर खेती गरिने, २० हजार हेक्टरमा खेतीको सम्भावना Read Previous

अब नेपालमा व्यावसायिक रबर खेती गरिने, २० हजार हेक्टरमा खेतीको सम्भावना

रसुवागढी भन्सार खुल्यो, महिनौंदेखि अड्किएका अर्बौंका सामान नेपाल भित्र्याइने Read Next

रसुवागढी भन्सार खुल्यो, महिनौंदेखि अड्किएका अर्बौंका सामान नेपाल भित्र्याइने