काठमाडौं । सीडीएस एण्ड क्लियरिङले भदौ २५ र २८ गते भएको ६४० वटा कारोबार रद्द गरेको छ ।
सीडीएससीले उक्त दुई दिन २ः१५ बजे भन्दा अगाडि भएका ६४० वटा कारोबार रद्द गरेको हो । उक्ता दिन नेप्सेको टीएमएसमा समस्या आउँदा एउटै अर्डर पटक पटक दोहोरिने समस्या आएको थियो । जसले गर्दा लगानीकर्ताको खातामा नभएको सेयर पनि बेचिएको थियो ।
सीडीएससीले उक्त दिन सवा २ बजे अगाडि भएका ४ हजार ९३७ कारोबार मध्ये ६४० वटा रद्द गरी बाँकी ४ हजार २९७ कारोबारको राफसाफ तथा फछ्यौट गर्न नेप्सेबाट निर्देशन प्राप्त भएको जनाएको छ ।
उक्त दिन कारोबार भई फछ्यौट तथा राफसाफ हुन बाँकी ४ हजार २९७ कारोबारको राफसाफ असोज ९ शुक्रबार गर्न भनेको छ ।
