लिवर्टी इनर्जीको सेयर आजदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार

काठमाडौं। लिबर्टी इनर्जीको प्राथमिक साधरण सेयर (आइपीओ) आइतबार (आज)देखि करोबारमा आउने भएको छ ।

 

भदौ पहिलो साता आइपीओ जारी गरेको कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरेसँगै आजदेखि कारोबारमा आउने भएको हो ।

 

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा १ करोड ५० लाख कित्ता सेयर सूचीकृत गरेको हो। कम्पनीले संस्थापकतर्फको १ करोड १२ लाख ५० हजार कित्ता र सर्वसाधरणको ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

 

यद्यपि आज प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार नभएमा भने नियमित सेसनमा कारोबार हुने छैन । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘एलइसी’ संकेत चिह्न प्रदान गरेको छ ।

 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्मको ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर कम्पनीको पहिलो कारोबार हुनेछ ।

 

लिबर्टीले भदौ ३ देखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको थियो।

संकटको बेलामा पनि अर्थ मन्त्रालय प्रधानमन्त्रीकै गोजीमा, अर्थतन्त्रमा कस्तो पर्छ असर Read Previous

संकटको बेलामा पनि अर्थ मन्त्रालय प्रधानमन्त्रीकै गोजीमा, अर्थतन्त्रमा कस्तो पर्छ असर

दमौली-भरतपुर २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण शुरू Read Next

दमौली-भरतपुर २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण शुरू