माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्ट बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रेमिट्यान्स सम्झौता भएको छ ।

 

रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले रेमिट्यान्स सम्झौता गरिएको हो ।

 

यस सम्झौता पछि भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

 

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरी माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ ।

 

बैंकले हाल देशभरका १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बन्द भएको ६ वर्ष पछि फेरि जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो Read Previous

बन्द भएको ६ वर्ष पछि फेरि जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो

जब ४० करोड पर्ने दुर्लभ पुस्तक घरमुनि गाडिएको अवस्थामा फेला परे... Read Next

जब ४० करोड पर्ने दुर्लभ पुस्तक घरमुनि गाडिएको अवस्थामा फेला परे...