माउन्टेन इनर्जीको आइपीओ खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ

काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको प्राथमिक साधरण सेयर (आइपीओ) आजदेखि खुलेको छ ।

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री खुला गरेको हो ।

 

कम्पनीले यसअघि साउन २८ गतेदेखि आयोजना प्रभावित आयोजना प्रभावित  क्षेत्रका  स्थानीयका लागि आइपीओ निष्काशन गर्ने मिति तय गरेको थियो । त्यसबेला बाढी पहिरो लगायत कारणले रोकिएको आइपीओ कम्पनीले आजदेखि खुल्ला गरेको हो।

 

कम्पनीले धितोपत्र बोर्डबाट ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता आइपीओ निष्काशन गर्नेछ।

 

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

 

कम्पनीले नुवाकोटको अति प्रभावित क्षेत्र पञ्चकन्या गाउँपालिका ४ (साविकको थप्रेक गाविस) र तादी गाउँपालिका २, ३ र ४ (साविक
रालुकादेवीर सुन्दरादेवी गाविस) र प्रभावित क्षेत्र (तादी, पञ्चकन्या र लिखु गाउँपालिका) का स्थानीयका लागि कुल २ लाख ९ हजार ६६५ कित्ता सेयर छुट्याएको छ ।

 

त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाँउपालिकाको अतिप्रभावित क्षेत्र वडा नं. ४ (साविकको नारच्याङ गाविस) का स्थानीयका लागि ७ लाख ३ हजार ४६५ कित्ता र प्रभावित क्षेत्र अन्नपूर्ण गाँउपालिकाका स्थानीयका लागि १० लाख, ५५ हजार १९७ कित्ता गरी कुल १७ लाख ५८ हजार ६६४ कित्ता छुट्याएको छ ।

 

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेका छन् ।

 

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ।

कोरोनाले सुस्ताएको फास्ट ट्रयाकको कामले गति लियो, सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षण हुँदै Read Previous

कोरोनाले सुस्ताएको फास्ट ट्रयाकको कामले गति लियो, सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षण हुँदै

घरको छानो फेर्न १ अर्ब ३६ करोड ! Read Next

घरको छानो फेर्न १ अर्ब ३६ करोड !