काठमाडौं । लामो दूरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुल्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणका लागि लगाइएको लकडाउनका कारण चैत १० गतेदेखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान बन्द छ ।
५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिए पनि कोरोना संक्रमण बढेपछि रोकिएको थियो ।