नेप्सेको गल्तिले लगानीकर्ता मारमा, भदौ २५ गतेको सबै कारोबारको राफसाफ स्थगित

काठमाडौं । नेप्सेको त्रुटीले लगानीकर्ता मारमा परेका छन् । भदौ २५ गते भएको कारोबारको राफसाफ आजसम्म हुनु पर्ने भए पनि सीडीएस एण्ड क्लियरिङले त्यो दिनको राफसाफ स्थगित गरेको छ।

 

गत बिहीबार अनलाइन कारोबार प्रणाली टीएसएममा प्राविधिक समस्या आएपछि आजसम्म हुनुपर्ने राफसाफ स्थगित गर्न नेप्सेले आग्रह गरेसँगै सीडीएसले स्थगित गरेको हो ।

 

२५ गते भएको राफसाफ आजै गर्नुपर्ने भए पनि अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त कारोबारको राफसाफ स्थगित गरिएको सीडीएसले जनाएको छ।

 

यससँगै त्यो दिन सेयर किनबेच गरेका लगानीकर्ता समयमै पैसा पाउनबाट बञ्चित भएका छन् । नेप्सेले पटक पटक एउटै गल्ति दोहोर्याउँदा लगानीकर्ता मर्कामा पर्दै आएका छन् ।

ट्रम्पको धम्कीको प्रभाव, टिकटक अमेरिकी कम्पनीलाई नै बेच्ने  सम्भावना Read Previous

ट्रम्पको धम्कीको प्रभाव, टिकटक अमेरिकी कम्पनीलाई नै बेच्ने सम्भावना

२ हजारमै पीसीआर परीक्षण कार्यान्वयन गराउन निर्देशन Read Next

२ हजारमै पीसीआर परीक्षण कार्यान्वयन गराउन निर्देशन