आज सेयर बजार ५:१५ बजेसम्म खुल्ने

काठमाडौं । सेयर कारोबारको समय सवा २ घण्टा थप भएको छ । नेप्सेको अनलाइन प्रणाली टीएमएसमा समस्या आएर अपराह्नदेखि बन्द भएको बजार समय थपेर कारोबार गर्न लागिएको हो ।

 

नेप्सेका अनुसार आज बजार ५:१५ बजेसम्म खुल्ने भएको छ । नियमित समयमा ३ बजेसम्म सेयर कारोबार हुने भए पनि आज सिस्टममा समस्या आएपछि नेप्सेले कारोबार समय थप गरेको हो ।

 

आज बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।पटक पटक समस्या दोहोरिएपछि नेप्सेले कारोबार स्थगन गरेको थियो ।

 

पछिल्लो समय नेप्सेको टीएमएस सिस्टममा दिनहुँजसो समस्या आउँदा लगानीकर्ता हैरान भएका छन् ।

अक्सफोर्डले बनाएको कोरोनाको खोपको परीक्षण पुनः शुरु Read Previous

अक्सफोर्डले बनाएको कोरोनाको खोपको परीक्षण पुनः शुरु

सुनकोशी मरिन डाइभर्सनको जग्गा प्राप्तिको काम शुरु, ३५ दिनभित्र मुआब्जाका लागि निवेदन दिनुपर्ने Read Next

सुनकोशी मरिन डाइभर्सनको जग्गा प्राप्तिको काम शुरु, ३५ दिनभित्र मुआब्जाका लागि निवेदन दिनुपर्ने