काठमाडौं । चौतर्फी विरोध भएपछि अन्ततः पूर्व–पश्चिम रेलमार्गको ठेक्का रद्द भएको छ ।
रेल विभाग अन्तर्गतको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टलेले आज एक सूचना जारी प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरिएको ५४ वटा ठेक्का रद्द भएको जनाएको छ ।
रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवाद नटुंगिँदै सेटिङमा निश्चित ठेकेदारलाई पोस्ने गरी ठेक्का लगाइएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो ।
पूर्व पश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटरको रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो। तर, यो खण्डमा जग्गा अधिग्रहणसहित अन्य सम्पत्तिको मूल्यांकनको काम समेत नभएको भन्दै चौतर्फी आलोचना भएको थियो।
