अर्थतन्त्र र सेयर बजार बीच सम्बन्ध देखिनै छाड्यो, कहिलेसम्म होला यस्तो ?

काठमाडौं ।सेयर बजारलाई बुझ्न मानिसहरु अहोरात्र खटिइरहेका हुन्छन् । तर, बुझ्न त्यति सजिलो भने छैन । सेयर बजार अर्थतन्त्रको ऐना हो भन्ने भनाइ धेरै चर्चित छ । तर, अहिले विश्वभरिको अर्थतन्त्र मन्दीमा जान लाग्दा पनि सेयर बजार भने उकालो लागिरहेको छ ।

 

नेपालको अर्थतन्त्र पनि महामारीको चपेटामा परेकै छ । तर, यहाँ पनि सेयर बजारले राम्रो लय समातेको छ ।

 

विश्वका ठूला कम्पनीहरु एप्पल, टेस्ला, रिलायन्स इत्यादिको त झन् कुरौ भएन । यी कम्पनीका मालिकहरुले यो महामारीको समयमा अर्बौं डलर कमाएका समाचारहरु हामीले पढिरहेकै छौं । कतिपयलाई यस्ता समाचारहरु अब दिगमिग नै लाग्ने पनि हुन थालिसकेका छन् । मानिसहरुलाई यस्ता समाचार अन्यायपूर्ण र निर्दयी लाग्न थालेका छन् ।

 

सेयर बजार र अर्थतन्त्र नितान्त फरक छन् । यी दुई बीचको सम्बन्ध यत्रतत्र छरिएका भेटिन्छन्, गणितीय अध्ययन गर्दा । अहिलेको समयमा भने यो सम्बन्ध अझै छरिएको देखिएको छ । यस्तो पूर्ण नकारात्मक सम्बन्ध पहिले धेरै नदेखिएको यो क्षेत्र सम्बद्ध जानकारहरु बताउँछन् । अहिले अर्थतन्त्र जति खस्कियो, सेयर बजार त्यति उफ्रिएको देखिएको छ ।

 

त्यसो भए सेयर बजार र अर्थतन्त्र बीचको अ-सम्बन्धलाई कसरी बुझ्ने त ?

 

 

मानिसहरुलाइ लाग्छ सेयर बजार र अर्थतन्त्रका बीच सकारात्मक सम्बन्ध हुन्छ । तर, वास्तवमा सधैं त्यस्तो हुँदैन । सेयर बजार र अर्थतन्त्र नितान्त फरक छन् । यी दुई बीचको सम्बन्ध यत्रतत्र छरिएका भेटिन्छन्, गणितीय अध्ययन गर्दा । अहिलेको समयमा भने यो सम्बन्ध अझै छरिएको देखिएको छ । यस्तो पूर्ण नकारात्मक सम्बन्ध पहिले धेरै नदेखिएको यो क्षेत्र सम्बद्ध जानकारहरु बताउँछन् । अहिले अर्थतन्त्र जति खस्कियो, सेयर बजार त्यति उफ्रिएको देखिएको छ ।

 

सेयर बजारलाई केलाएर र गम्भीर ढंगले हेर्यो भने यो एउटा ‘मिस्ट्री’ (रहस्यमयी) झैं लाग्छ । यहाँ वास्तविक समाचारभन्दा पनि लगानीकर्ताले उक्त समाचारको कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले बढी महत्व राखेको देखिन्छ । ठोस विषयभन्दा पनि मनोविज्ञान धेरै हावी भएको देखिन्छ ।

 

उदाहरणका लागि निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई लिँदा हुन्छ । उनले सेयर बजारलाइ नराम्रो हुने त्यस्तो कुनै नीतिगत निर्णय गरेका होइनन् । तर, उनी जान्छन्भन्दा सेयर बजार बढ्ने र बस्छन् भन्दा घट्ने प्रक्रिया चलिरह्यो ।

 

सर्वसाधारणलाई लागेको हुनसक्छ कि अहिले अर्थतन्त्र केही कमजोर भए पनि विश्व यो महामारीबाट बाहिर निस्केपछि हामी सहज अवस्थामा आइहाल्छौं नि भन्ने लागेको हुनसक्छ । यो सत्य पनि हो । तर, सत्य यति मात्र हुन्थ्यो भने यस्तो असहज अवस्थामा बजार विस्तारै बढ्थ्यो होला । यसरी उछाल नै किन आउँथ्यो ? यसको मतलब अरु धेरै कुराले यहाँ प्रभाव पारेका छन् ।

 

सायद नयाँ लगानीकर्ताहरु बजारमा पस्न थालेका कारण पनि यस्तो भएको हुनसक्छ । पछिल्लो समय सेयर बजारमा लगानी गर्न प्राविधिक रुपमा सहज हुँदै गएका कारण धेरै नयाँ र युवा लगानीकर्ताहरु बजार पस्न थालेका छन् । यो संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

 

गत असार मसान्तसम्म करिब ३३ हजार लगानीकर्ताले अनलाइन ट्रेडिङ लिएका थिए भने अहिले डेढ महिनाको अवधिमा यो संख्या बढेर ६५ हजार पुगिसकेको छ । औसतमा यो संख्या दैनिक ८ सयले बढिरहेको नेप्से स्रोत बताउँछ । यी थपिएका लगानीकर्ताहरु धेरै युवा र नयाँ छन् ।

 

घरमा थुनिएर लामो समय बस्दा, अन्य क्षेत्रका काम ठप्प हुँदा र अब केही गर्नुपर्छ भन्ने सोचले पनि होला सेयर कारोबारीहरु यो समय ह्वात्तै बढे । विश्वभरी नै यही ट्रेण्ड देखिएको यो क्षेत्र सम्बद्ध मानिसहरु बताउँछन् । यसैले गर्दा अर्थतन्त्र र यो बजार बीच पहिला कहिल्यै नदेखिएको तहको नकारात्मक सम्बन्ध पनि देखिन पुगेको छ ।

 

अब सेयर बजार यसरी बढेर नयाँ लगानीकर्ताले यस्तो मन्दीको समयमा पनि केही आम्दानी गरेपछि स्वभावीक रुपमा अन्य धेरै लगानीकर्ताहरु थपिने नै भए । र, जति लगानीकर्ता वा कारोबारी थपिए उती सेयर बजार माथि जाने माहोल त बन्ने नै भयो ।

 

यस्तो समयमा सेयर बजारमा सूचीकृत कम्पनीहरुको नाफा घट्नु र संभावीत लाभांश घट्नुले पनि खासै लगानीकर्ताहरु माझ खासै असर पार्ने कुरा भएन । अनि अर्को कुरा बैंकको ब्याजदर घटेको छ । अर्थात, ऋण लिएर सेयर बजारमा लगानी गर्ने हो भने लागत सस्तिएको छ ।

माथिल्लो ओहदाका व्यक्तिले बजार भ्रमण गर्दैमा अनुगमन प्रभावकारी हुँदैन Read Previous

माथिल्लो ओहदाका व्यक्तिले बजार भ्रमण गर्दैमा अनुगमन प्रभावकारी हुँदैन

निषेधाज्ञाका बीच पूर्वपश्चिम रेलमार्गको काम जारी Read Next

निषेधाज्ञाका बीच पूर्वपश्चिम रेलमार्गको काम जारी