नेप्सेको अनलनाइनमा समस्या आउँदा कोराबार रोकियो, सीईओ भन्छन्–समस्या पहिचान भइसकेको छैन

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या आउँदा कारोबार स्थगित भएको छ ।

 

नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाललाई कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।

 

आज बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।पटक पटक समस्या दोहोरिएपछि नेप्सेले कारोबार स्थगन गर्नु परेको नेप्सेले जनाएको छ ।

 

उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सेवा अवरुद्ध हुँदा लगानीकर्ता प्रति पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ ।

नेप्सेका सीईओ चन्द्रसिंह साउदले अहिलेसम्म के मा समस्या आएको हो त्यो पत्ता नै नलागेका बताए । ‘प्राविधिकहरु समस्या पत्ता लगाउन लागि परिरहनु भएको छ , अहिलेसम्म हार्डवेयर वा सफ्टवेयर केमा समस्या आएके पत्ता लागेको छैन,’ उनले भने, ‘जतिसक्दो चाँडो समस्या समाधान गरी कारोबार सुचारु गर्छौं ।’

 

पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन थाले पछि नेप्सेको अनलाइन सिस्टममा समस्या पनि बढ्दै गएको छ । नेप्सेले अहिलेसम्म अनलाइन सिस्टम सञ्चालनका लागि करिब २५ करोड भन्दा बढी खर्च गरे पनि प्रभावकारी ढंगले सञ्चालन नहुँदा लगानीकर्ताले हैरानी खेप्नु परिरहेको छ ।

अमेरिकाले विच्याट र टिकटकलाई प्रतिबन्ध लगाए ‘एप्पल’लाई बहिष्कार गर्ने चीनको चेतावनी Read Previous

अमेरिकाले विच्याट र टिकटकलाई प्रतिबन्ध लगाए ‘एप्पल’लाई बहिष्कार गर्ने चीनको चेतावनी

महिलाले उत्पादन गरेका वस्तु बेच्न भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापन गरिने Read Next

महिलाले उत्पादन गरेका वस्तु बेच्न भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापन गरिने