अहिलेको महामारीले ल्याएको मानवीय र आर्थिक संकटका बीच पहिल्यै कहिल्यै नभएको अवसर पनि विश्वले प्राप्त गरेको छ । अर्थतन्त्रमा अन्तर्निहित संरचनागत समस्याहरुको सुधार गर्ने अवसर विश्वले पाएको छ । विभिन्न देशहरुको घोषणा गरेका राहत र आर्थिक प्याकेजहरुले भविष्यको केही संकेत गर्न थालिसकेका छन् ।
तर, विश्वका सबै क्षेत्रका नेतृत्वले यो दुर्लभ अवसरलाई स्वीकार गरेर समावेशी र दिगो विश्वको निर्माणका लागि भने सोच्नुपर्छ । यसो गर्न सके मात्र संभवत सबै प्रकारका गरिबीहरुको अन्त्य गर्न सकिन्छ ।
अहिले गरिबीको निवारण गर्न असंभव जस्तै देखिन्छ । कुनै समय दास प्रथा वा त्यस्तै खाले भेदभावको अन्त्य गर्ने कुरा पनि असंभव जस्तै देखिन्थ्यो ।
गरिबीको अन्त्य नै गर्नका लागि चाहिँ उच्च तहको प्रतिबद्धताको खाँचो पर्दछ । कोलम्बियाको उदाहरण लिन सकिन्छ । त्यहाँ निर्माण भएको एमपीआइ खाली आम्दानीमा मात्र नभएर सामान्य कोलम्बीयनहरुको जनजीवनमा असर पार्ने सामाजिक विभेद इत्यादिको ख्याल राखेको हुनाले करिब ८ वर्षमा कोलम्बीया बहुआयामिक गरिबी ३०.४ प्रतिशतबाट घटाएर १९.६ प्रतिशतमा झार्न सफल भएको थियो ।
‘बहुआयामिक गरिबी सूचक २०२०’ (एमपीआइ) ले केही संकेत गर्दछ । एमपीआइले अध्ययन गरेका ७५ देशहरु मध्ये ६५ देशहरुले विगत १ दशकमा गरिबीको दर उल्लेख्य रुपमा घटाएको देखाएको छ । सन् २०१४ मा शुरु भएको इबोला महामारीको बाबजूद सेरा लियोनले व्यापक रुपमा गरिबी घटाएको छ ।
अब अहिले त्यो उपलब्धि उल्टिने होकी भन्ने जोखिम बढ्न थालेको छ । अहिले विश्वका नेताहरुबाट प्राप्त उपलब्धि गुम्न नदिने मात्र होइन गरिबीको अन्त्य नै गर्ने प्रतिबद्धताको खाँचो छ । जारी महामारीले विद्यमान असमानतालाई अझै बुलन्द बनाइरहेको समयमा यो काम सजिलो भने पक्कै पनि छैन ।
‘हामी सबै एउटै डुङ्गामा छौं भन्ने मिथक छ’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरिस भन्छन्, ‘तर हामी एउटै समुद्रमा तैरिरहेको भए पनि केही बिलासी डुङ्गामा सयर गरिरहेका छन् भने कोही समुद्रमा तैरिरहेको मुडो समातेर बसेका छन् ।’ त्यसैले हामीले बहुआयामिक ढंगले विभेदमा परेका गरिब र कमजोरहरुको हात थाम्न जरुरी छ । कोरोना महामारीले उनीहरु माथी ठूलो बोझ थोपरेको छ ।
एमपीआइले सन् २०१० देखिको तथ्याङक आधारमा मानिसहरु स्वास्थ्य सेवा, शिक्षा र जीवनस्तर जस्ता विभिन्न दृष्टिकोणका आधारमा कसरी पछाडि परेका छन् भनेर समग्र तस्वीर खिचेको छ । यो तथ्याङकले हामीलाइ बहुआयामिक ढंगले गरिब रहेका करिब १.३ अर्ब मानिसहरु माथि यो महामारीले थोपरेको बोझ घटाउने काम गर्न केही सहयोग पुर्याउँछ । राष्ट्रिय स्तरमा भने सरकारहरुले आफ्नै मुलुक केन्द्रित एमपीआइ निर्माण गर्नु महत्वपूर्ण हुन्छ ।
विश्वका दर्जनौं देशहरुले आफ्नै एमपीआइ निर्माण गरिसकेका छन् । संयुक्त राष्ट्र संघलाइ बुझाएका प्रतिवेदनमा ४७ वटा राष्ट्रहरुले एमपीआइको विषयमा उल्लेख गरेका छन् । हामी आशा गर्न सक्छौं कि एमआइपीको यो सूचक महामारीको यो समयमा पनि प्रभावकारी औजार बन्नेछ । अहिले समाजको तल्लो तप्कामा परेका मानिसहरुको हात थाम्दा महामारी पछि उठ्नका लागि सबै देशहरु बलियो स्थानमा हुन सक्छन् । बहुआयामिक गरिबीसँगको प्रभावकारी लडाईं समाजका लागि दीर्घकालीन शान्तिको राम्रो हुनेछ ।
गरिबीको अन्त्य नै गर्नका लागि चाहिँ उच्च तहको प्रतिबद्धताको खाँचो पर्दछ । कोलम्बियाको उदाहरण लिन सकिन्छ । त्यहाँ निर्माण भएको एमपीआइ खाली आम्दानीमा मात्र नभएर सामान्य कोलम्बीयनहरुको जनजीवनमा असर पार्ने सामाजिक विभेद इत्यादिको ख्याल राखेको हुनाले करिब ८ वर्षमा कोलम्बीया बहुआयामिक गरिबी ३०.४ प्रतिशतबाट घटाएर १९.६ प्रतिशतमा झार्न सफल भएको थियो ।
अहिले गरिबीको निवारण गर्न असंभव जस्तै देखिन्छ । कुनै समय दास प्रथा वा त्यस्तै खाले भेदभावको अन्त्य गर्ने कुरा पनि असंभव जस्तै देखिन्थ्यो ।
आफ्नै आधिकारीक स्थायी बहुआयामीक गरिबीको सूचक नभएका देशहरुले ग्लोबल एमपीआइका आधारमा पनि आफ्ना रणनीतिहरु बनाएर आफ्ना प्रयासहरुलाइ बलियो पार्न सक्छन् । तर, जसरी भएपनि मान्छेको आत्मसम्मान, हित र क्षमतालाई केन्द्रमा राखेर महामारीबाट बाहिर निक्लने रणनीतिहरु तयार पारिनुपर्छ भन्ने नै हो ।
सरकारहरुले मात्र यो काम गर्न सक्ने भन्ने कुरा पक्कै पनि हुँदैन । यो चुनौतीको सामना गर्नका लागि व्यवसायहरु, गैरसरकारी संस्थाहरु, नागरिक समाज र समाजसेवीहरुको संयुक्त पहलको खाँचो हुन्छ । अहिले बोल्ने भन्दा पनि काम गर्ने समय हो । नेतृत्वले यसका लागि चाहिने प्रतिबद्धता, साहस, सहनशीलता र व्यवहारिकताको प्रर्दशन गर्नैपर्छ । गरिबीको अन्त्यका लागि गरिने संयुक्त प्रयासले अन्ततः गरिबलाई मात्र नभएर समग्र अर्थतन्त्रको नै हित गर्छ ।
दोस्रो विश्व युद्धको संघारमा उभिएको बेला अमेरिकी राष्ट्रपति रोजबेल्टले भनेका थिए, ‘हामी दैनिक रुपमा भविष्यको गर्भमा के छ भनेर आंकलन गर्न सक्दैनौं । यो सामान्य समय होइन । यहाँ सबै चिज तौलने समय पनि छैन । तर, समग्र देशका लागि जे राम्रो हुन्छ त्यो हामीले राम्रोसँग गर्ने प्रयास गर्नुपर्छ ।’ यो चुनौतीपूर्ण समयले जोजो पछाडी छुटेका थिए उनीहरुको हात समातेर अघि ल्याउने अवसर दिएको छ ।
यो महामारीको शुरुआती समयमा नोबल पुरस्कार विजेता अर्थशास्त्री अर्मत्य सेनले चुनौतीपूर्ण अवस्थामा चालिएका केही राम्रा र नराम्रा कदमहरुको उदाहरण दिएका थिए । उनका अनुसार दोस्रो विश्व युद्धको समययता बेलायमा खाद्य वितरणमा धेरै समानता देखिन थालेको थियो । यसले बेलायतीहरुको औसत आयु ६.५ वर्ष (पुरुष) र ७ वर्ष (महिला) ले बढाएको थियो ।
यो अनुभवको शिक्षा र सेरा लियोनले विगत १ दशकमा प्राप्त गरेको उपलब्धिको शिक्षाले यस्तो समयमा अग्रगामी, व्यवहारिक र समानतामा आधारित नीतिहरुले यस्ता चुनौतीहरुको सामना गर्न सघाउँछ भन्ने नै देखाएको छ । हामी आशा गरौं कि नेतृत्वले आफ्ना अगाडि भएको यो अवसरलाइ बुझ्नेछन् र यो अवसर छोप्नका लागि बहुआयामिक ढंगले प्रयास गर्नेछन् ।
-वर्ल्ड इकोनोमि फोरम