कुर्था-जयनगर रेल असोजदेखि चलाउने तयारी, रेलको डिब्बा बोर्डरमा आइपुग्यो

काठमाडौं । नेपाल-भारत सीमावर्ती (क्रस बोडर) रेलमार्ग अन्तर्गत जयनगर–जनकपुर ट्रयाक बेल्ट निर्माणको काम सम्पन्न भएको छ ।

 

सो खण्डमा जनकपुरको कुर्थासम्म रेल सञ्चालनका लागि २ वटा ट्रेन सेटको निर्माण सम्पन्न भइसकेको छ । सो सेट डेलिभरीको क्रममा रहेको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए । डिजेल इलेक्ट्रोनीक मल्टिपल युनिट (डीईएमयु) रेलको ट्रेन सेट (डब्बासहित) नेपाल-भारत सीमामा आइपुग्ने क्रममा रहेको उनले बताए ।

 

जयनगर-कुर्थासम्म ३४ किलोमिटर रेलमार्गमा गुड्ने रेलको एउटा डिब्बामा ५ वटा कोच (डब्बा) हुनेछ । जयनगर-जनकपुर ६९ किलोमिटरमा रेल सञ्चालनका तयारी भइरहको छ । यो रेलबाट एक पटकमा १२ सय यात्रुले सेवा लिन सकनेछन् ।

 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलका डिब्बा नेपाल–भारत सीमामा ल्याइपुर्याएको छ । जतिसक्दो चाँडो रेल गुडाउने तयारीका साथ अहिले कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको छ । सम्भवतः आगामी असोजदेखि उक्त रेल सञ्चालनमा आउने जनाइएको छ ।

 

‘यो रेल इन्धनबाट चल्ने छ । इन्धनले त्यसमा भएको मोटरहरुलाई बिजुलीको माध्यमबाट सञ्चालन गरेप र विद्युतीय शक्तिले रेललाई सञ्चालन गर्ने छ,’ चित्रकारले भने ।

 

हालको अवस्थामा कोरोनाका कारण मजदूर नहुँदा अलि असहज भएको उनी बताउँछन् । कर्मचारी नियुक्तिका लागि आह्वान गरिसकेका उनले बताए । नेपालमा नीतिगत प्रकृयाका कारण छिटो काम गर्न गाह्रो हुने गरेको उनले बताए ।

 

रेल सञ्चालनका लागि झण्डै २३७ कर्मचारी चाहिने छ । सो कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको छ । ‘अहिले कोभिड १९ का कारण कर्मचारी नियूक्ती हुन सकेको छैन तर, हामीले प्रोसेस अगाडि बढाइ सकेका छौँ’ चित्रकारले भने ‘प्रकृया गर्न गाह्रो छ । त्यसैले छिटो काम गर्न सकिँदैन ।’

 

उनका अनुसार सो रेलमार्ग कुनै समस्या नआए आउँदो असोज/कार्तिकसम्ममा सञ्चालनमा आउने छ । जयनगर-कुर्था रेलमार्ग गत आर्थिक वर्ष २०७६/७७ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य रहेको थियो । तर, कोभिड लगायत विभिन्न समस्याका कारण रेल सञ्चालनमा ढिलाइ भएको विभागले जनाएको छ ।

 

विभागले २०१९ को डिसेम्बर अन्तिमसम्म भारतबाट ट्रेन सेट आइपुगेर सञ्चालनमा आउने जनाएको थियो । भारत नेपाल क्रस बोडर ५ वटा ठाउँमा रेलमार्ग बनाउने एमओयू भएको हो । त्यस मध्ये २ ठाउँमा काम भइरहेको छ । जयनगर-जनकपुर ६९ किलोमिटरको काम र जोगबनीमा रेलमार्ग निर्माणको काम भइरहेको हो ।

 

बर्दिबासतर्फ जग्गा अधिकरण भएर निर्माणको काम सुरु भइरहेको उनले बताए । जोगमनी–विराटनगर रेलमार्गको ५ किलोमिटर खण्ड ट्रयाक बेल्ट बिछ्याउने काम पूरा भइसकेको छ । कुल १८ किलोमिटर रेलमार्ग मध्ये बथनाहाबाट नेपाल कस्टम याडसम्म रेलमार्ग निर्माण सम्पन्न भएको हो ।

 

सो स्थानमा निकट भविष्यमा रेल सेवा सञ्चालनमा आउने सूचना अधिकारी चित्रकारले जनकारी दिए । सो रेल मार्ग यात्रुका लागि नभई विशेषगरी सामान ढुवानीका लागि सञ्चालन गरिने छ ।

 

बाँकी खण्डहरुमा जग्गा प्राप्तीको काम सम्पन्न गरिसकेको उनले बताए । क्रस बोडर रेलमार्ग अन्तर्गत बन्दै गरेका ५ वटै रेलमार्गको काम भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा भइरहेकोछ ।

 

भारतले यो प्रोजेक्ट ५०० करोडमा सम्पन्न गर्ने भनेको भएता पनि ढिलाइका कारण अब ७०० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधारमा नयाँ फड्को, सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड तयार Read Previous

भौतिक पूर्वाधारमा नयाँ फड्को, सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड तयार

कोरोनाले जापानी कार कम्पनी टोयोटालाई ठूलो धक्का, नाफा साढे ८ खर्ब घट्ने Read Next

कोरोनाले जापानी कार कम्पनी टोयोटालाई ठूलो धक्का, नाफा साढे ८ खर्ब घट्ने