मौद्रिक नीति पछि सेयर बजार ओरालो यात्रामा, दोहोरो अंकको गिरावट

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै क्रमशः बढ्दै गएको सेयर बजार नयाँ मौद्रिक नीति आएपछिको पहिलो दिनमा ठूलो गिरावट आएको । सेयर बजार मापक सूचकमा बिहीबार दोहारो अंकले गिरावट आएको छ ।

 

साताको अन्तिम दिन नेप्से अघिल्लो दिनको तुलनामा १४.१५ अंकले ओरालो लाग्दै १२६९.९२ बिन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ । आज १७१ कम्पनीको ५५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २१ लाख ९८ हजार १२६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८४.३५ विन्दुले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १२.५६ अंकले तल झरेको छ ।

 

कारोबार रकममा प्रभु बैंकले अग्रता लिएको छ । प्रभुको ६ करोड १७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कृषि विकास बैंक र नेपाल बैंक परेका छन् ।

 

कारोबार रकममा नेपाल ल्युब आयलले अग्रता लिएको छ । यसको भाउ ८.८१५ ले बढेको हो । सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगाीकर्ताले ९.५७५ का दरले गुमाएका छन् ।

संघीयताको खिल्लीः यातायात क्षेत्रमा केन्द्र सरकारद्धारा प्रदेश सरकारको क्षेत्रधिकारमा हस्तक्षेप Read Previous

संघीयताको खिल्लीः यातायात क्षेत्रमा केन्द्र सरकारद्धारा प्रदेश सरकारको क्षेत्रधिकारमा हस्तक्षेप

रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा Read Next

रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा