सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि १ अर्ब घट्यो

काठमाडौं । सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट देखिएको छ । सोमबार करिब १५ अंकले घटेको बजार आज पनि १५ अंकले नै घटेर बन्द भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १४.९९ अंकले घटेर १४४९.९४ विन्दुमा आइपुगेको छ । आज १८५ कम्पनीको १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर किनबेच भएको छ । हिजोको तुलनामा आज कारोबार रकममा करिब १ अर्बले गिरावट आएको छ ।

 

आज कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै होटल समूहको परिसूचक ८२.४५ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक १०९.१२ अंकले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा हिमालय डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । यसको १४ करोड २४ लाख ८४ हजार २९९ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनएमबी बैंक र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एशिया लघुवित्त, श्रीराम सुगर मिल र सम्बृद्धि फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

बैंकमै थुप्रियो पैसा, ५ दिनमै थपियो करिब १ खर्ब निक्षेप Read Previous

बैंकमै थुप्रियो पैसा, ५ दिनमै थपियो करिब १ खर्ब निक्षेप

मुख्य सिजनमै ठप्प छ चुरा पोतेको व्यापार, व्यापारी भन्छन्–व्यापार नै छैन कसरी परिवार पाल्ने Read Next

मुख्य सिजनमै ठप्प छ चुरा पोतेको व्यापार, व्यापारी भन्छन्–व्यापार नै छैन कसरी परिवार पाल्ने