यसै वर्षदेखि प्राइभेट इक्विटी, भेञ्चर र हेज फण्ड संचालनमा ल्याउँदै बोर्ड (नीति तथा कार्यक्रमको पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसै वर्षदेखि प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोष संचालन गर्न अनुमति दिने भएको छ ।

 

आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो जानकारी दिएका हुन् ।

 

बोर्डले सेयर बजारको विकास तथा विस्तारका लागि प्राइभेट इक्विटी, भेञ्चर फण्ड र हेज फण्ड लगायतका नयाँ संस्थाहलाई पूँजी बजारमा प्रवेश गराउने भएको हो ।

 

यस्तै बोर्डले १ अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई ३ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

 

यस्तै, बोर्डले ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन गर्दै त्यस्ता कम्पनीलाई ३ वर्षसम्म आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

 

‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने

 

यस्तै बोर्डले चालू आवमै वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याउने भएको छ । राफसाफ तथा फछ्र्यौट प्रणालीलाई छिटो छरितो बनाउन बोर्डले हालको टी प्लस थ्रीको व्यवस्था घटाएर टी प्लस २ बनाउन लागेको ढुंगानाले बताए ।

 

अहिलेसम्म सेयर किनेको तेस्र दिन मात्रै खातामा सेयर आउने र बेच्नेले पनि सोही दिन पैसा पाउने व्यवस्था छ । नयाँ व्यवस्था लागू भएपछि सेयर बेचेको दोस्रो दिनमै किन्नेको खातामा सेयर र बेच्नेको खातामा पैसा आउने छ ।

 

बोर्डले नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने भएको छ ।

 

थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो Read Previous

थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

के साँच्चै अतिधनाढ्यहरूले नै सबैभन्दा धेरै कर तिर्छन् ? Read Next

के साँच्चै अतिधनाढ्यहरूले नै सबैभन्दा धेरै कर तिर्छन् ?