यो शताब्दीको अन्त्यसम्म विश्व अर्थतन्त्रसँगै जनसंख्यामा पनि यसरी आउने छ कमी

महिलाहरूमा शिक्षाको पहुँच र गर्भनिरोधक सामग्रीको पहुँच बढ्दै जाने भएकाले जनसंख्यामा कमी आउने उक्त अध्ययन बताएको हो ।

 

द ल्यानसेट नामक जर्नलले गरेको एक अध्ययनमा यो शताब्दीको अन्त्य सम्ममा विश्वका १९५ देश मध्ये १८३ वटा देश अर्थात् ९४ प्रतिशत देशमा जन्मान्तर दरमा कमी आउने देखिएको छ ।

 

अधिकांश मानिसहरूले १ सन्तानमै चित्त बुझाउने भएकाले यो दरमा कमी आउने अध्ययनले देखाएको हो ।

 

युनिभर्सिटी अफ वासिङ्टनले मोडलिङ गरेका २३ वटा देशको जनसंख्यामा आधा कटौती हुने पनि जनाइएको छ, जस अन्तर्गत जापान स्पेन साउथ कोरिया र थाइल्यान्ड पर्दछन् ।

 

यसैगरी अध्ययनका अनुसार संसारमा पाका उमेरका मानिसहरूको संख्यामा वृद्धि हुनेछ ।६५ वर्षका उमेरका मानिसको जनसंख्याले २० वर्ष उमेर समूहको मानिसलाई जित्नेछ ।

 

उक्त अध्ययन प्रतिवेदनका लेखक प्राफेसन स्टेन इमील भन्छन्, ‘काम गर्न योग्य वयस्कहरूको कमीले गर्दा विश्वको आर्थिक वृद्धिदरमा पनि कमी आउने छ ।’

 

यसमा जोड दिँदै युनिभर्सिटी अफ सिड्नीमा माइग्रेसन एक्स्पर्टका रूपमा कार्यरत अन्ना बाउचर भन्छिन्, ‘पाका उमेरका मानिसहरूको रेखदेखमा धेरै खर्च गर्नु पर्ने भएकाले त्यस्ता देशको आर्थिक वृद्धीदरमा कमी आउने छ तर जुन देशमा वयस्क हुन्छन् त्यस्ता देशले आर्थिक रूपमा प्रगति गर्छन् ।’

 

सन् २०२१ म सबैभन्दा कम जन्मदर रहने देशहरू मध्ये युरोपियन देशहरू देखापर्ने छन्, जसमा एक महिला बराबर १.२ प्रतिशतले नयाँ जन्म रहनेछ ।तर, सबैभन्दा अचम्मको कुरा त के भने हाल सबैभन्दा बढी जन्मदर रहेका एशियाली देशमा सन् २१०० जन्मदर निकै कम हुने छ ।

 

चीनको जनसंख्यमा पनि निकै ठूलो परिवर्तन आउने एशोसियट प्रोफेसर समेत रहेकी बाउचरले बताइन् ।अष्ट्रेलियमा भने अहिले नै जन्मदर एक महिला बराबर १.८६ रहेको छ ।तर आप्रवासनका कारण यो शताब्दी अन्त्य सम्म अष्ट्रेलियको जनसंख्या ३ करोड ६० लाख पुग्ने उनले बताइन् ।

 

आफ्ना पाका उमेरका मानिसहरूको रेखदेखका लागि मात्रै भए पनि कतिपय देशले आप्रवासीहरू ल्याउन सुरु गर्ने उनको धारणा छ ।उनको भनाइमा जन्मदरलाई बढाउन चाईल्ड केयर संस्थाहरुको वृद्धि हुनुपर्छ, जसले गर्दा कामकाजी महिलाहरूमा सन्तान प्राप्तिको चाहाना रहोस् ।

 

तर जनसंख्या वृद्धिले मात्रै आर्थिक वृद्धिदर हासिल गरिँदैन यसका लागि स्थायी सरकार र आर्थिक फड्को मार्न सक्ने मजबुत उद्योगहरूको खाँचो पर्दछ ।

-एजेन्सी

के साँच्चै अतिधनाढ्यहरूले नै सबैभन्दा धेरै कर तिर्छन् ? Read Previous

के साँच्चै अतिधनाढ्यहरूले नै सबैभन्दा धेरै कर तिर्छन् ?

रियलीमी ६ र ६आई स्मार्टफोन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य Read Next

रियलीमी ६ र ६आई स्मार्टफोन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य