सेयर किन्न इन्भेष्टमेन्ट बैंकले ९.९९ प्रतिशत ब्याजदरमै ऋण दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर कर्जा ९.९९ प्रतिशतमै दिने भएको छ । यो कर्जा १ वर्षसम्म स्थिर रहने समेत बैंकले जनाएको छ ।

 

कोरोना भाइरसको महामारीको कारण बैंकहरुमा निक्षेपको तुलनामा कर्जा परिचालन कम भएर अत्याधिक तरलता थुप्रिन थालेपछि बैंकहरुले सस्तो मै सेयर कर्जा उपलब्ध गराउन थालेका हुन् ।

 

पछिल्लो समय व्याजदर कम र अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा सेयर बजारमा लगानी बढिरहेको छ । यसले गर्दा लकडाउन पछि सेयर बजारले गति लिन समेत थालेको छ ।

 

यसका साथै मौद्रिक नीतिले सेयर कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत र बैंकहरुले नगदको साटो बोनस सेयर नै लाभांशको रुपमा वितरण गर्नुपर्ने व्यवस्था गरेपछि सेयर बजारले अझै गति लिने अनुमान गरिएको छ ।

ऊर्जा क्षेत्रलाई मौद्रिक नीति आकाशकाे तारा : ज्ञानेन्द्रलाल प्रधान Read Previous

ऊर्जा क्षेत्रलाई मौद्रिक नीति आकाशकाे तारा : ज्ञानेन्द्रलाल प्रधान

पप्पुको बेइमानीले तिनकुने 'आर्क ब्रिज' अलपत्र,  काम सुरु हुन अझै १ वर्ष लाग्ने Read Next

पप्पुको बेइमानीले तिनकुने 'आर्क ब्रिज' अलपत्र, काम सुरु हुन अझै १ वर्ष लाग्ने