काठमाडौं । कोटेश्वरमा बन्न लागेको आकासे पुल निर्माणमा स्थानीयले अवरोध खडा गरेका छन् । कोटेश्वरमा बाउने ठाउँमा खाल्टो खनेर त्यतीकै छाडिएको छ ।
डिजाइन भएको स्थानमा आकासे पुल बनाउन स्थानीएले विरोध गरेपछि निर्माणको काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालयका सुचना अधिकारी तथा इन्जिनीयर सुदर्शन कार्कीले बताए ।
स्थानीहरुले डिजाइन भएको स्थानभन्दा ८० मिटर अन्तरमा पुल बनाउन माग गरिरहेका छन् । अन्य स्थानएिले भने डिजाइन भएकै स्थानमा पुल बनाउन माग गरेका छन् ।
डिभिजन कार्यालयका अनुसार सो आकासे पुल निर्माण डिजाइन भएकै स्थानमा निर्माण हुने छ । सो विवाद सकिएनासाथ निर्माणको काम सुरु हुने उनले जानकारी दिए ।‘अहिले निर्माण विवादमा छ, विवाद सकिना साथ काम सुरु गर्ने छौं’ कार्कीले चाणक्य पोष्टसँग भने ।
हाल नयाँ बानेश्वरमा आकासे पुल निर्माण सुरु भइसकेको छ । प्राकृतिक एन्ड पवन जेभी कम्पनीले उक्त बानेश्वर तथा कोटेश्वरमा आकासे पुल निर्माण ठेक्का लिएको छ । ९ महिना भित्र उक्त आकासे पुल निर्माण भइसक्नुपर्ने सम्झौता भएको छ ।
बानेश्वरको पुलका लागि ३ करोड ५२ लाख रुपैयाँ रकम छुटेयाइएको छ भने, कोटेश्वरमा निर्माण हुने आकाशे पुलको लागि २ करोड ९० लाख रुपैयाँ खर्च हुने डिभिजन कार्यालयले जानकारी दिएको छ ।