कोरोनाले विश्व पर्यटन क्षेत्रमा ११४० खर्बको नोक्सान, विकासशील देशहरु बढी प्रभावित

विश्व पर्यटन उद्योगले यो वर्ष कम्तीमा १२ खर्ब डलर ( करिब ११४० खर्ब रुपैयाँ) गुमाउने भएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण यो क्षेत्रले १२ सय अर्ब डलर गुमाउने संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको हो । राष्ट्र संघको ट्रेड एण्ड डेभलप्मेन्ट कन्फरेन्सले उक्त रिपोर्ट सार्वजनिक गरेको हो ।

 

यो भनेको विश्वको कुल ग्राहस्थ उत्पादनको १.५ प्रतिशत हो । र, यो महामारी सन् २०२१ को मार्च महिनासम्म लम्बिए यो घाटा ३३ सय अर्ब डलरसम्म पुग्ने अनुमान रिपोर्टले गरेको छ । रिपोर्टले विकासशील र स–साना टापु राज्यहरुको पर्यटन क्षेत्रमा महामारीले अत्याधिक प्रभाव पारेको उल्लेख गरेको छ ।

 

पर्यटन क्षेत्र ध्वस्त हुँदा जमैकाको कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत र थाइल्याण्डको कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशतको गिरावट आउने अनुमान रिपोर्टले गरेको छ ।

 

यसैगरी अन्य ‘हट स्पट’हरु केन्या, इजिप्ट र मलेसियाले पनि कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत भन्दा बढी गुमाउने अनुमान रिपोर्टले गरेको छ ।

 

विश्वव्यापी रुपमा यो गिरावट अन्नत बेरोजगारीमा परिणत हुने आंकलन रिपोर्टले गरेको छ । यसरी बढ्ने बेरोजगारीले अन्तत थाइल्याण्ड, जमाइका र क्रोयसियामा कामदारहरुको ज्यालमा पनि क्रमश १२, ११ र ९ प्रतिशत गिरावट ल्याउने अनुमान रिपोर्टले गरेको छ ।

 

अर्थतन्त्रको विविधीकरण गरेका विश्वका धनी देशहरु फ्रान्स, ग्रीस, इटाली, पोर्चुगल, स्पेन र अमेरिका जस्ता देशहरुले पनि पर्यटन क्षेत्र अन्र्तगत अर्बौं डलर गुमाउने प्रक्षेपण रिर्पोटले गरेको छ ।

अमेरिकी अर्थतन्त्रमा गहिरो संकट, निजी क्षेत्रका ४० लाख श्रमिकको पारिश्रमिक कटौती Read Previous

अमेरिकी अर्थतन्त्रमा गहिरो संकट, निजी क्षेत्रका ४० लाख श्रमिकको पारिश्रमिक कटौती

ठमेलका व्यवसायीलाई १ वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट Read Next

ठमेलका व्यवसायीलाई १ वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट