काठमाडौं महानगर भित्र जग्गाको मूल्य आनाको ४ लाखदेखि ५० लाखसम्म, कहाँको कति (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रको जग्गा मूल्य तोकेको छ ।

 

महानगरले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् नगरभित्रका सडक तथा गल्लीलाई आधार बनाएर आनाको हिसाबमा जग्गाको मूल्य तोकेको हो ।

 

महानगरले सबैभन्दा सस्तोमा आनाको ४ लाख रुपैयाँदेखि महँगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।महानगरले यही दररेटका आधारमा सम्पत्ति कर उठाउने छ ।

 

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्ग, न्यूरोड, इन्द्रचोक, पुतलीसडक, कान्तिपथ, त्रिपुरेश्वर लगायत स्थानको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्य तोकेको छ ।

 

यस्तै, महानगरले विभिन्न १३ ठाउँको बाटो नभएको स्थानको जग्गाको मूल्य प्रतिआना न्यूनतम ४ लाख रुपैयाँ तोकेको छ भने बाटो पुगेको ठाउँको न्यूनतम १० लाख तोकेको छ ।

 

महानगरले तोकेको यो जग्गाको भाउ भने वास्तविक मूल्यभन्दा निकै कम हो ।  महानगरले तोकेको दरदरेटमा भने अहिले कहीँपनि जग्गा पाउन सकिँदैन् ।

 

महानगरको मुटुमानिने न्यूरोड, दरवारबार मार्ग लगायतका ठाउँमा अहिले आनाकै २ करोडभन्दा बढीमा जग्गा कारोबार हुने गरेको छ । यस्तै महानगरभित्रकै अन्य स्थानमा पनि अहिले आनाको ३० लाखभन्दा कममा जग्गा पाउनै मुस्किल छ ।

 

महानगरभित्र कुन ठाउँको जग्गाको भाउ कति ?

 

एकैदिन थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो Read Previous

एकैदिन थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं महानगरपालिकाले ल्यायो साढे १६ अर्बको बजेट Read Next

काठमाडौं महानगरपालिकाले ल्यायो साढे १६ अर्बको बजेट