काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ६२९ जनामा कोरोना पुष्टि भएको हो ।
अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार ३३८ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २४ जनाको मृत्यु भएको छ ।