अब कृषकलाई परिचयपत्र

काठमाडौं । बागमती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचयपत्रको शुरुआत गरिने भएको छ ।

 

यसको लागि अभिलेख सूचना प्रविधिमा प्रविष्ट गरी सार्वजनिकीकरण गरिने जनाइएको छ । प्रदेशमा कृषिलाई प्रोत्साहन गर्नका प्रदेश सरकारले नीति तथा कार्यक्रममा यस्तो प्रावधान ल्याएको हो ।

 

सो कार्यक्रममा कृषि कार्यमा बीउबिजनको अभाव हुन नदिन बीउबिजन बैंकको स्थापना गरिने उल्लेख गरिएको छ । कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिइने भनिएको छ ।

 

त्यसैगरी रोजगार सिर्जना गर्नका लागि विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरी बेरोजगार रहेका युवालाई कृषि पेशामा आबद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार, आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी गरिने जनाइएको छ ।

 

हाल स्थानीय तहहरुले पनि कृषि क्षेत्रलाई प्राथमितामा राखेर प्रोत्साहनका लागि विभिन्न प्रविधिका साथै प्रोत्साहित कार्यक्रमहरु ल्याएको जनाइएको छ ।

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने Read Previous

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

निकासी प्रवद्र्धन गर्न नयाँ कानून ल्याइँदै, संकेत नं. नलिई वस्तु निर्यात गरे १ करोड जरिवाना Read Next

निकासी प्रवद्र्धन गर्न नयाँ कानून ल्याइँदै, संकेत नं. नलिई वस्तु निर्यात गरे १ करोड जरिवाना