‘चालू आवमा आर्थिक वृद्धिदर २.३ प्रतिशत’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने बताएका छन् ।

 

संघीय संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिएका हुन् ।

 

सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो ।

विद्युत् महसुल सङ्कलन गर्ने/नगर्ने भन्नेमा प्राधिकरणका कर्मचारी बीचमै विवाद Read Previous

विद्युत् महसुल सङ्कलन गर्ने/नगर्ने भन्नेमा प्राधिकरणका कर्मचारी बीचमै विवाद

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने Read Next

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने