सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

 

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ-आफ्नो धारणा राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

 

नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

 

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान : कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार, धानखेतीलाई  ५ हजार Read Previous

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान : कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार, धानखेतीलाई ५ हजार

विद्युत् प्रणाली स्तरोन्नति तथा विस्तारका लागि एशियाली पूर्वाधार बैंकले पौने १४ अर्ब ऋण दिने Read Next

विद्युत् प्रणाली स्तरोन्नति तथा विस्तारका लागि एशियाली पूर्वाधार बैंकले पौने १४ अर्ब ऋण दिने