विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने चीनको घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनले २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम २ वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए ।

 

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।

 

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए।

 

‘हामीले कोरोनाभाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सवैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,’ उनले भने।

 

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो ।

 

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।
एजेन्सी

काठमाडौंको बूढानीलकण्ठका नगरपालिका ३ ओटा वडा सिल गर्ने तयारी Read Previous

काठमाडौंको बूढानीलकण्ठका नगरपालिका ३ ओटा वडा सिल गर्ने तयारी

कोरोनापछि आफूलाई विश्वको औद्योगिक केन्द्र बनाउने प्रयत्नमा भारत, चीनमा भएका कम्पनी तान्न होडबाजी Read Next

कोरोनापछि आफूलाई विश्वको औद्योगिक केन्द्र बनाउने प्रयत्नमा भारत, चीनमा भएका कम्पनी तान्न होडबाजी