होटलले चैतको पारिश्रमिक दिए/नदिएको अनुगमन हुने

काठमाडौं । होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ ।

 

सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए ।

 

होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

 

सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

तातोपानी भन्सारको अवरोध खुलाउन पहल Read Previous

तातोपानी भन्सारको अवरोध खुलाउन पहल

एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप, ५० भन्दा बढी बैंकमा ट्रान्सफर गर्न सकिने Read Next

एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप, ५० भन्दा बढी बैंकमा ट्रान्सफर गर्न सकिने