गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेकेदारलाई ६ महिना म्याद थप

काठमाडौं । भैरहवामा बन्दै गरेको गौतमबुद्ध विमानस्थल निर्माणकार्य समयमा पुरा हुन नसकेपछि योजनाले थप ६ महिनाका लागि निर्माण कम्पनीको म्याद थप गरिएको छ ।

 

चालु आर्थिक वर्ष २०७६/७७ को पुष १५ सम्ममा विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य सहित ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको हो । जुन २८ मा दोस्रोपटक थप गरिएको समयसीमा सकिएसँगै तेस्रो पटक म्याद थप गरिएको आयोजनाले जनाएको छ ।

 

गत आर्थिक वर्षसम्म आयोजनाको ७३ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत सम्पन्न भएको तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रमुख प्रदिप अधिकारीले जानकारी दिए ।

 

उनले टर्मिनल भवन, एयरपोर्ट अपरेशन भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवणोद्धार भवनलगायत पूर्वाधार निर्माण गर्न बाँकी रहेको जानकारी दिए ।

 

आर्थिक तर्फ ५० प्रतिशत भन्दाबढी प्रगति भएको उनले बताए । लक्ष्य अनुसार २०७४ पुस मसान्तसम्म सकाउने भनिएपनि ढेड वर्ष समय थप हुँदापनि निर्माण पुरा भएको छैन ।

 

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार हालसम्म धावनमार्ग निर्माणको काम मात्र सम्पन्न भएको छ । त्यसमा चाहिने भौतिक पूर्वाधार निर्माणको काम बाँकी नै रहेको छ ।

 

उनले टर्मिनल भवन, एयरपोर्ट अपरेशन भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवणोद्धार भवनलगायत पूर्वाधार निर्माण गर्न बाँकी रहेको जानकारी दिए ।

 

यसअघि भएको १ हजार ५२४ मिटर लम्बाईको धावनमार्गलाई अब बिस्तारगरि ३ हजार मिटर लामो र ४५ मिटर चौडाईको बनाइएको छ ।

 

अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण गरिदै गरेको उक्त विमानस्थल निर्माण २०७१ बाट सुरु गरिएको हो ।

 

यस आयोजनाको कुल लागत ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रूपैयाँ रहेको छ । एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानास्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनलाई जिम्मा दिएको हो ।

 

एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४०.५ प्रतिशत ऋण, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३०.५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति भइरहेको छ ।

सरकारले ल्याउने भनेको ३ सय बिजुली बस किन्न साझालाई सुम्पियो ३ अर्ब Read Previous

सरकारले ल्याउने भनेको ३ सय बिजुली बस किन्न साझालाई सुम्पियो ३ अर्ब

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न Read Next

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न