लकडाउन अघि सेयर किनेकाले नेप्से खुल्ने बित्तिकै पैसा तिर्न नपर्ने, असार मसान्तसम्म तिरे हुने

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बजारमा कारोबार गरी राफसाफ बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि आगामी असार मसान्तसम्म कायम गरेको छ ।

 

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबार गरी हिसाब राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि २०७७ असार मसान्त सम्म थप्ने निर्णय गरेको हो ।

 

योसँगै अब लकडाउन अघि सेयर खरिदविक्री गरेर राफसाफ बाँकी रहेका कारोबारकर्ताले असार मसान्तसम्म राफसाफ गर्न पाउने भएका हुन् । जस अनुसार लकडाउन अघि सेयर किनेकाले अब नेप्से खुल्ने बित्तिकै पैसा तिर्नु नपर्ने भएको छ ।

 

यस्तै, धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरण बुझाउने म्याद समेत २०७७ असार मसान्तसम्मै कायम गर्न भनिएको छ ।

निजी क्षेत्रलाई सरकारको राहत : कर तिर्ने म्याद जेठ २५ सम्म थप, १ खर्बको पुनर्कर्जा कोष (सूचीसहित) Read Previous

निजी क्षेत्रलाई सरकारको राहत : कर तिर्ने म्याद जेठ २५ सम्म थप, १ खर्बको पुनर्कर्जा कोष (सूचीसहित)

पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदसँग सुझाव माग्दै मन्त्री भट्टराई Read Next

पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदसँग सुझाव माग्दै मन्त्री भट्टराई