कोरोना कोषमा २ अर्ब ११ करोड जम्मा

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन भएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंगलबार मात्र १करोड ३५ लाख ३ हजार ४२० कोषमा जम्मा भएको छ ।

 

मंगलबार एभरेष्ट बैंकले ६० लाख रुपैयाँ, राष्ट्रिय योजना आयोगबाट ४ लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट ३ लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय २ लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल २ लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ ।

 

सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

कृषि सहकारीले कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै पुर्‍याइदिने Read Previous

कृषि सहकारीले कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै पुर्‍याइदिने

फेसबुकले भारतीय कम्पनी रिलायन्स जियोको १० प्रतिशत सेयर किन्ने Read Next

फेसबुकले भारतीय कम्पनी रिलायन्स जियोको १० प्रतिशत सेयर किन्ने