आगामी बजेटको २० प्रतिशत कृषिमा लगानी गरिने

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।

 

मन्त्री भूसाल र सातै प्रदेशका मन्त्रीहरुसँग भिडियोमार्फत बैठक गरी उक्त निर्णय गरिएको छ । बैठकले बन्दाबन्दीले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र सबै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्य समूहबीच अझ बढी समन्वय गर्ने निर्णय गरेको छ ।

 

बैठकले सबै प्रदेश सरकारको अबको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने र सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि बजेटका लागि समन्वय गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै, कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी र बिक्री वितरणलाई अझै सहज बनाउन सङ्घीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने, प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आँकलन र राहतको प्रस्ताव शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले सङ्घीय कृषि मन्त्रालयमा उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

 

राहत प्रस्तावको निश्चित प्रतिशत सङ्घीय कृषि मन्त्रालयले बहन गर्ने गरी घोषणा गर्ने, प्रदेश सरकारले आफ्नो आवश्यकतासार सो प्याकेजमा थप गरी किसानलाई राहत दिने, आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम र त्यसमा सङ्घ र प्रदेशले गर्ने बजेट विनियोजनका सन्दर्भमा प्रदेशले योजनाका खाका सङ्घ सरकारलाई चाँडै उपलब्ध गराउने निर्णय भएको छ ।

 

बैठकले सबै प्रदेश सरकारको अबको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने र सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि बजेटका लागि समन्वय गर्ने निर्णय गरेको छ ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा Read Previous

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा

लकडाउनका बीच धरहरा पुनःनिर्माणको काम जारी, १० औं तलाको ढलान सम्पन्न Read Next

लकडाउनका बीच धरहरा पुनःनिर्माणको काम जारी, १० औं तलाको ढलान सम्पन्न