मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ ।

 

गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

 

बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

 

त्यसैगरी बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ ।

चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुईवटा जहाज Read Previous

चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुईवटा जहाज

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन Read Next

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन