बेलायतको अर्थतन्त्र दोस्रो विश्व युद्ध यताकै संकटग्रस्त अवस्थामा, जीडीपीमा १३ प्रतिशत कमी आउने

सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मंगलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ ।

 

‘सन् २०२० मा वार्षिक कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा १३ प्रतिशतको गिरावट दुवै विश्वयुद्धको अन्त्यपछिको आर्थिक गिरावट भन्दा सहजै जटिल (सङ्कटग्रस्त) हुने देखिएको छ,’ ओबीआरको रिपोर्टमा उल्लेख छ ।

 

यो प्रक्षेपणमा दोस्रो त्रैमासिकमा बेलायतको कूल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशतसम्म रास आउने बताइएको छ तर कोरोनाभाइरसको सङ्क्रमणको अवस्था नियन्त्रणमा आउँदा साथै अर्थतन्त्रमा विस्तारै सुधार आउने उल्लेख छ । दोस्रो त्रैमासिकमा बेलायतको बेरोजगारी पनि २० लाखभन्दा बढ्ने र १० प्रतिशत पुग्ने ओबीआरले जनाएको छ ।

 

सरकारले व्यवसाय र काम नहुनेलाई सहयोग पुर्याउन ठूलो सार्वजनिक खर्चको उपाय घोषणा गरिसकेको छ, जसले यसपहिले गरिएको पूर्वानुमानभन्दा ऋणमा ठूलो वृद्धि हुनेछ ।

 

यस परिदृश्यले सन् २०२० मा कुल २ खर्ब १८ अर्ब अमेरिकी डलर अर्थात् बेलायतको कूल ग्राहस्थ उत्पादनको १४ प्रतिशत उधारो खर्च हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो एकल घाटा हो ।

 

यस अध्ययन प्रतिवेदनको नमूनाअनुसार सार्वजनिक क्षेत्रको खुद घाटा १०० प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ भने वर्षको अन्त्यसम्ममा यो घाटा ९५ प्रतिशतमा सिमित हुनेछ ।

 

वर्तमान् परिदृश्यलाई हेर्दा ‘अर्थव्यवस्थाको लागि सम्भावित बाटोबारे अहिल्यै कुनै दृष्टिकोण बनाइहाल्नु नहुने’ ओबीआरले चेतावनी दिएको छ ।कोरोनाभाइरसका सङ्क्रमणको अवधि जति लम्बियो यसको प्रभाव अर्थतन्त्रमा वा यसका सूचकाङ्कमा त्यति नै नकारात्मक हुनेछन् ।

 

विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा Read Previous

विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा

विक्री नभएपछि सडकमा दूध पोख्दै किसान Read Next

विक्री नभएपछि सडकमा दूध पोख्दै किसान