चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत १ हजार ४० टन चामल सहयोग गरेको छ ।
‘चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,’ दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङले भने, ‘चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोग जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो ।’
६ वर्षको गृहयुद्वका कारण प्रभावित दक्षिण सुडानमा गत हप्ताको अन्त्यमा कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति भेटिएका थिएभने अहिलेसम्म थप सङ्क्रमित व्यक्ति भने भेटिएका छैनन् ।
यहाँ कोभिड–१९ भन्दापनि अलिेसम्म गम्भीर खाद्यान्न असुरक्षा र कुपोषणको अवस्था रहेको भन्दै चीनले दक्षिण सुडानमा अन्य कार्यक्रमहरू पनि गर्दै आएको यसलाई निरन्तरता दिने उनले बताए ।
चिनियाँ दूतले बेइजिङ्को दृढ समर्थन दक्षिण सुडानलाई दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सहयोग गर्नेमा रहने पनि बताए । ‘हामीलाई विश्वास छ कि शान्ति प्रक्रियाको निरन्तर प्रगतिका साथै दक्षिण सुडान र अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासले देशले अगाडि आउने चुनौतिहरूलाई पार गर्न सक्ने विश्वास लिएका छौँ ।”