कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

 

मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको हो ।

 

 

मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारीसाधनको पासको व्यवस्थासमेत गरेको छ । किसानलाई परेको असरको अभिलेख तयार पारी आवश्यक कार्यक्रम ल्याउन पनि मन्त्रालय लागि परेको छ ।

 

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कठिन परिस्थितिमा अत्यावश्यक खाद्य सामग्रीको सहज आपूर्तिका लागि आवश्यक प्रबन्ध गरिएकाले दैनिकीसमेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढङ्गले सहज आपूर्ति गराइने बताए।

 

मन्त्रालयका उपसचिव डा गङ्गा आचार्यले सबै स्थानीय तहलाई किसानमा परेको समस्याको अभिलेख उपलब्ध गराउन पत्राचार गरिएको बताउँदै उत्पादकलाई उत्पादन नरोक्न र ढुवानीमा सहज वातावरण बनाइदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेको जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० स्थगित, वैशाख १ देखि सचिवालय विघटन Read Previous

नेपाल भ्रमण वर्ष २०२० स्थगित, वैशाख १ देखि सचिवालय विघटन

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन आग्रह Read Next

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन आग्रह