काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म साढे १७ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चैत १६ गते अपराह्न ५ बजेसम्मसम्ममा कोषमा १७ करोड ४२ लाख ४१ हजार २३८ रुपैयाँ संकलन भएको छ ।
कोषमा विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, व्यापारी, व्यावसायी, सामाजिक संघसंस्था, सामाजिक अभियन्ता, कलाकार, समाजसेवी लगायतले रकम जम्मा गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा अहिलेसम्म सबैभन्दा धेरै हिमालयन बैंकले १ करोड २५ लाख जम्मा गरेको छ । यस्तै नाम नखुलेका तथा १ लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ।
सरकारले चैत ९ गते उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ।
