काठमाडौं । रेलसेवा सञ्चालनको कार्य द्रुत गतिमा अघि बढिरहेको छ । दक्षिण तथा उत्तर नाकासँग रेल सञ्जाल जोड्ने काम गरिरहेको छ ।
हाल काकडभिट्टा – न्युजलपाइगुडी, विराटनगर–जोगवनी, बिरगंज – रक्सौल, भैरवहा – नौतुनवा, नेपालगंज – नेपाजगंज रोड जस्ता सीमा नाकाहरुमा भारतीय रेल सञ्चालनको तयारी भइरहेको छ ।
कतिपय खण्डको कार्य भने सम्पन्न हुने चरणमा पुगिसकेका छन् । विराटनगर – जोगवनी खण्डमा, निर्माणको कार्य ८० प्रतिशत काम सकिएको रेल विभागका प्रमुख बलराम मिश्रले बताए । उक्त खण्डमा रहेकोे सिखिया नदिमा पुल निर्माणको लागी टेन्डर प्रक्रिया छिट्टै अघि बढ्ने उनले जानकारी दिए ।
उक्त खण्ड अन्तर्गत नेपालतर्फ १५ किमि रेलमार्ग पर्छ । उक्त मार्ग भारत सरकारको पुर्ण सहयोगमा निर्माण भइरहेको हो । त्यसमा नेपालको तर्फबाट जग्गा उपलब्धाता, बिजुलीको पोल हटाउने तथा अन्य व्यवधानहरु हटाउने काम मात्र गर्नु पर्ने रहेको छ ।
धार्मिक, पर्यटकिय तथा नेपाल भारत व्यवहारिक नाता हिसाबमा जनकपुर जयनगर रेल सेवा सञ्चालन भइरहेको थियो । बन्द भएको जनकपुर जयनगर रेल सेवाको नयाँ संरचना निर्माण, दक्षिण क्षेत्रमा रहेको प्रमुख नाकाहरुबाट नेपाल भारत रेल सञ्चालन गर्न लागेको छ ।
बिरगंज–रक्सौल खण्डको रेल सेवा सञ्चालन आइसकेको छ । उक्त खण्डमा नेपाल तर्फ ४ किमि रहेको छ । त्यहाँ नेपालको भन्सार यार्डसम्म रेल आउने गरेको छ ।
यस खण्डलाई विस्तार गरी निजगढ हुर्दैं काठमाडाैं पुर्याउने तयारी भइरहेको मिश्रले जानकारी दिए । उक्त रेलमार्गको भारतीय परामर्शदाताले पुर्वसम्भाव्यता अध्ययन गरीसकेको छ त्यसको प्रतिवेदन बुझ्न मात्र बाँकी रहेको मिश्र बताउँछन् ।
काठमाडाैं–रसुवा रेलमार्गको पुर्वसम्भाव्यता अध्ययन भइसकेको र उक्त मार्ग ७२ किमीको बन्ने छ । उक्त मार्गको डिपिआर निर्माण प्रक्रिया अघि बढाउन पनि लागिएको छ ।
जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य अन्तिम चरण रहेको छ । रेल विभागका प्रमुख मिश्रले भने ‘उक्त मार्ग अन्तर्गत ३५ किमी निर्माण सम्पन्न भइसकेको छ, १७ किमी ३/४ महिनामा नै सकिन्छ र बाँकी १७ किमि निर्माणको तयारीमा छ’ ।
रेल खरिदका लागी मन्त्रिपरिषदको निर्णयबाट ८५ करोड छुट्टाइसकेको छ । दुई वटा सेट ल्याउन लागिएको रेलको निर्माण कार्य भारतमा हुँदैछ । एउटा सेटमा इन्जिन र पाँच वटा डम्बा हुन्छ । ल्याउन लागिएको रेल भने ब्रोडगेज प्रविधिको हो ।
उक्त रेलको सेट भारतमा निर्माण भइरहेको र निर्माण सम्पन्न भइ नेपाल आउन भने अझै ३-४ महिना लाग्ने मिश्रले जानकारी दिए ।