शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको शनिबार बसेको बैंठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

 

बैंकले पस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

 

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँ छ भने बोनस वितरणपछि ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४१ रुपैयाँ पुग्नेछ ।

 

हेटौंडा-काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने Read Previous

हेटौंडा-काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने

इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण, ४ हजारमै चुलो बेच्दै सरकारी कम्पनी Read Next

इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण, ४ हजारमै चुलो बेच्दै सरकारी कम्पनी