काठमाडौं महानगरकै पहिलो होमस्टे

काठमाडौं । काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) संचालन हुने भएाको छ । पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे संचालन गर्ने तयारी गरिएको छ ।

होमस्टे संचालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजन संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन् । ‘हामीले यहि असार १९ गतेदेखि ३५ गतेसम्म होमस्टे संचालन गर्न सैद्धान्तिक ज्ञान लियौ,’ उनले भनिन् ‘ अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं ।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन् ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ ।’

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम संचालन गरिएको हो । कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान( नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले सैद्धान्तिक ज्ञान हासिल गरेका प्रशिक्षार्थीलाई प्रयोगात्मक ज्ञानका लागि नाथमले सहयोग गर्ने बताए । आगामी साउन पहिलो साता नै प्रयोगात्मक ज्ञान हासिल गरेर होमस्टे संचालन गर्न समेत उनले सुझाए ।

ललितपुर महानगरका सडक बत्ति स्मार्ट बनाईदै, ७ करोड खर्च Read Previous

ललितपुर महानगरका सडक बत्ति स्मार्ट बनाईदै, ७ करोड खर्च

घटेको बजारमा पनि पैसा कमाएँ, मेरा आफ्नै सुत्र छन् Read Next

घटेको बजारमा पनि पैसा कमाएँ, मेरा आफ्नै सुत्र छन्