काठमाडौं । पूर्व-पश्चिम रेलमार्ग अन्तर्गतको बर्दिबास निजगढ खण्डमा पुल निर्माणको लागि प्राविधिक प्रस्तावहरुको मूल्याङ्कन गरी कम्पनी छनोट भएको छ । रेल विभागले उक्त पुल निर्माणका लागि प्राविधिक कम्पनी छनोट गरेको हो ।
योसँगै सरकारले उच्च प्राथामिकतामा राखेकोे पूर्व-पश्चिम रेलमार्गले त्रिवता पाउने भएको हो ।
उक्त पुल निर्माणका लागि मूल्याङ्कन समितिबाट मूल्याङ्कन छनोटमा परेका कम्पनीहरु लुम्विनी विल्र्डस प्रालि, रसुवा कन्स्ट्रक्सन प्रालि र कालिकाकन्स्ट्रक्सन प्रालि रहेका छन् ।
यी तीन कम्पनी मध्यबाट उनिहरुको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी कम्पनी छनोट गरिने रेल विभागका सिनियर डिभिजन इन्जिनियर अमन चित्राकारले बताए ।
रेल विभागले २०७६ जेष्ठ ७ गते प्रथम पटक सूचना प्रकाशित गरी बोलपत्र आवह्रन गरेको थियो । कम्पनीहरुको प्रस्तावनाका आधारमा असार ५ गते प्राविधिक मूल्याङ्कन समितिले कम्पनी छनोट गरेको हो ।
साथै उक्त पुल निर्माण प्रक्रिया सुरु हुनुले समयमा नै रेलमार्ग बन्न सक्ने संकेत गरेको छ ।